नेपाल भारत मैत्री संघको आठौं केन्द्रिय सभा पोखरामा

पाेखरा | भदौ ३०, २०७९

नेपाल भारत मैत्री संघको आठौं केन्द्रिय सभा पोखरामा

 

पोखरा:  पोखरामा नेपाल भारत मैत्री संघको आठौं केन्द्रिय सभा हुने भएको छ । 

 

नेपाल भारत मैत्री संघका कार्यवाहक अध्यक्ष शैलेन्द्रमोहन झाले पोखरामा पत्रकार सम्मेलन गरेर संघको भेला पोखरा आयोजना गर्न लागेको बताएका हुन् । 

 

गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संघले पोखरामा केन्द्रीय सभाको आयोजना गर्न लागेको हो । उक्त सभामा भारतीय राजदूतको टिम नै पोखरा आउने कार्यक्रम रहेको बताइएको छ  । संघले नेपाल र भारत एकअर्काको देशमा रहेका नागरिकको हकहितका लागि काम गर्दै आइरहेको जानकारी संघका कार्यवाहक अध्यक्ष झाले बताए । 

 

उनले नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि भारतीय सरकारसंग पटकपटक पहल गर्दै आइरहेको र भविष्यमा पनि उक्त विषयलाइ प्राथमिकताका साथ अघि बढाउने दावी गरे । भारतको ४ वटा प्रदेशले मुक्तिनाथ क्षेत्र भ्रमणका जाने आफ्ना नागरिकलाई प्रति नागरिक २० हजार भारु दिँदै आइरहेको र अब २६ प्रदेशमै उक्त योजना लागू गराउनका लागि आफूहरु लागिपरेको सुनाए ।

 

दैनिक जसो नेपालमा १० हजार बढी पर्यटक आउने भारतबाट आउने उनको दावी छ । आठौँ केन्द्रीय मैत्री सभामा कसरी यहाँको पर्यटन विकासमा काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने तयारी भइरहेको छ ‘भारतमा रहेका धामहरुको दर्शन गरेर मात्रै पुग्दैन । मुक्तिनाथको दर्शन नगरेसम्म मुक्ति पाइँदैन भन्ने विश्वास छ । त्यसैले पोखरा हुँदै मुक्तिनाथ जानुपर्ने हुन्छ।’ उनले भने ।

 

नेपाल भारत मैत्री संघ गण्डकीका अध्यक्ष ऋषिराम सापकोटाले भारतीय राजदूतलाई पोखराको भ्रमण गराउने कार्यक्रम रहेको र सभाका लागि भदौ ३१ गतेसम्म ३ सयभन्दा बढी प्रतिनिधि पोखरा आउने कार्यतालिका रहेको बताए ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्